१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु

आजबाट काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ। आज कार्तिक १२ गते जर्मन दूतावासमा नेपाल-जर्मन मार्ट २२ मेला शुरु भएको हाे। 

मेलाको उद्घाटन जर्मन राजदूत डा. थोमस प्रिन्जले गरेका थिए। यस मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको छ। यस मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन गरिनेछ। नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनजीसीसीआई) ले जर्मन दूतावास काठमाडौंको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो।

जर्मन राजदूत डा. प्रिन्जले कोभिडको कारणले २ वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता दिने उद्देश्य रहेको बताए। 

प्रदर्शनीमा नेपाल र जर्मनीका ४० कम्पनीको सहभागिता रहनेछ। प्रदर्शनीमा जलविद्युत, अटोमोबाइल र पर्यटन क्षेत्रका कम्पनीका स्टलहरु रहेका छन्। साथै गलैंचा, फेल्ट, हस्तकला आदिका स्टलहरु रहेका छन्। साथै नेपाली तथा जर्मन खाद्य तथा पेय पदार्थका स्टलहरु समेत राखिएको छ। कार्तिक १३ गते मेलामा सांस्कृतिक नृत्य कार्यक्रमको आयोजना गरिएको छ।

प्रदर्शनीको लक्ष्य नेपाल र जर्मनीबीच सहकार्यको निम्ति आधार निर्माण गरी द्विपक्षीय आर्थिक सम्बन्धमा योगदान पुर्याउने रहेको छ। भर्चुअल रुपमा मेला एक हप्तासम्म चल्ने भएपनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो।

यस मेलामा करिब ८०० जना प्रत्यक्ष र भर्चुअल प्रदर्शनीमा लगभग ७००० जनाले भागलिने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०७९ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App