१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायतअन्य बैंकिङ कारोबार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धी विषयमा सहकार्य हुनेछ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउँदा गर्वको अनुभूति भएको बताउँदै आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १४ आश्विन २०७९ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App