५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

राहदानीबाट चार करोड ४२ लाख राजस्व संकलन

फाइल तस्बिर

तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा चार करोड ४२ लाख राजस्व संकलन भएको छ। सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ।  

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट चार करोड ८० लाख राजस्व संकलन गरेको छ। संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व संकलन गरेको हो।  

सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ। दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ।  कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ। ९९ हातहतियार नवीकरण भएकामा छवटा नामसारी गरिएको छ। यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ।रासस

प्रकाशित: २६ भाद्र २०७९ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App