१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक २.१३ अंकले गिरावट

बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

बिहीबार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ।

बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ। बुधबार ८२ करोड भन्दा माथिको मात्रै कारोबार भएको थियो।  

बिहीबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। जसमा वित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत घटेको छ।  

नेप्से सामान्य गिरावट आएपनि ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको  १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

प्रकाशित: २३ भाद्र २०७९ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App