भिजी इम्पेक्स प्रालिले दशैं, तिहार र छठको अवसरमा जिडब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरू उपलब्ध गराउने भएको छ।
यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरू समावेश छन्।
साथै, लोएल्टी बोनसको रूपमा ग्राहक स्वयं वा आफ्नो पविारसँग कसैको पहिले नै जिडब्लुएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउने तथा निःशुल्क एक्सेसोरिजसहित ५ वर्षको वारेन्टी लगायतका विभिन्न सुविधा रहेको बैंकले जनाएको छ।
कम्पनीले यस योजना ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरूप्रति प्रतिवद्धताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ।
प्रकाशित: २२ भाद्र २०७९ ०१:४६ बुधबार