१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

साताभरमा ५२ अंकले घट्यो नेप्से

फाइल तस्बिर

गत साता ७५ अंकले घटेको सेयर बजारमा यो साता ५२ अंकले गिरावट आएको छ। यसअघिको साता नेप्से २६ अंकले घटेको थियो।

गत आइतबार बजार खुल्दा नेप्से परिसूचक २०२२.६२ बिन्दुमा रहेकामा शुक्रबार १९७०.६२ बिन्दुमा आएको छ। यो ५२ अंकको गिरावट हो।

यो साताको ६ दिन भएको कारोबारमध्ये पहिलो दिन आइतबार र बुधबार परिसूचकमा धेरै गिरावट आएको थियो। आइतबार ३३ अंक र बुधबार २१ अंकले नेप्सेमा गिरावट आएको थियो। अन्य ४ दिनमा भने नेप्सेमा दोहोरो अंकले घटबढ हुन सकेन।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन शुक्रबार पनि परिसूचक १.६७ अंकले घटेको छ। शुक्रबार १९७० बिन्दुबाट बजार सुरु भएकामा तत्कालै १४ अंकले बढेको थियो।  त्यसपछि भने बजार घटन सुरु गरेको थियो। दिनभरमा एकाध पटक बजार उकालो लाग्न खोजे पनि लगातार गिरावट आएको थियो। बजार बन्द हुनुअघि १९६५ बिन्दुमा झरेको नेप्से अन्तमा १९७० मा रोकिएको हो।

एक्सचेन्जका अनुसार शुक्रबारको कारोबारमा नेप्से बाहेकका अन्य तीन सूचकमा एउटा सूचकको कारोबार बढेको छ भने अन्य २ वटाको कारोबार घटेको छ। सेन्सेटिभ उपसूचक ०.६६ अंकले घटेको हो भने फ्लोट बढेको छ। यस्तै सेन्सेटिभ फ्लोटको कारोबार पनि घटेको छ। यस्तै सेयर कारोबारका अन्य १३ उपसूचक मध्ये १० वटाको कारोबार घटेको छ भने ३ वटाको कारोबार बढेको छ।कारोबारमा गिरावट आउने उपसूचकमध्ये सबैभन्दा बढीले निर्जीवन बिमा उपसूचक घटेको छ। यो उपसूचक ३१ अंकले घटेको हो। यस्तै जीवन बिमा २२ अंकले घटेको छ भने अन्य कुनै पनि उपसूचक दोहोरो अंकले घटेका छैनन्। यस्तै कारोबारमा सुधार आउने ३ उपसूचकमध्ये सबैभन्दा धेरैले अन्य उपसूचक बढेको छ। यो ७.२५ अंकले बढेको हो। यस्तै अन्य २ वटा उपसमूह १ अंकभन्दा कमले घटेका छन्।

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले घट्नेमा उत्पादन तथा प्रशोधन उपसूचक परेको छ। यो उपसूचकको कारोबार ०.४७ प्रतिशतले घटेको हो। यस्तै सबैभन्दा धेरै प्रतिशतले कारोबार बढ्नेमा अन्य उपसूचक ०.५० प्रतिशत रहेको छ।

एक्सचेन्जका अनुसार शुक्रबारको कारोबारमा सबैभन्दा धेरैले प्रतिसेयर मूल्य बढ्नेमा सर्पोट लघुवित्त परेको छ। यो कम्पनीको प्रतिसेयर मूल्य ९.८० प्रतिशतले बढेको हो। यसपछिको धेरैले सेयर बढ्नेमा रुरु जलविद्युत् ९.६७ प्रतिशत रहेको छ। यस्तै कारोबारबाट प्रतिसेयर मूल्य सबैभन्दा धेरैले गिरावट आउने कम्पनीमा सिद्धार्थ इनभेष्टमेन्ट २ रहेको छ। यसको प्रतिसेयर मूल्य ६.१६ प्रतिशतले घटेको हो। यसपछि धेरैले सेयर मूल्य घट्नेमा बुद्धभूमि जलविद्युत् ४.१० प्रतिशत छ।

एक्सचेन्जका अनुसार कारोबार रकमका आधारमा हेर्दा सबैभन्दा धेरै रकमको कारोबार नेपाल टेलिकमको भएको छ। यसको १० करोड ४ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यसपछि धेरै कारोबार हुनेमा नबिल बैंक परेको छ। यसको ४ करोड ३७ लाख रूपैयाँको सेयर कारोबार भएको हो।

यस्तै सबैभन्दा धेरै कित्ता सेयर किनबेच हुने कम्पनीमा नेपाल टेलिकम परेको छ। यसका १ लाख ११ हजार ७ सय ४ कित्ता सेयर बिक्री भएका छन्। यसपछि धेरै कित्ता सेयर बिक्री हुनेमा होटल सोल्टी रहेको छ। यसका १ लाख ८ सय ५९ कित्ता सेयर बिक्री भएका हुन्।

एक्सचेन्जका अनुसार शुक्रबार २१९ कम्पनीका सेयर खरिद बिक्री भएका छन्। यी कम्पनीका १८ लाख १ हजार २ सय ७३ कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद बिक्री गर्दा ६९ करोड ८८ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २८ खर्ब २६ अर्ब रूपैयाँमा झरेको छ। 

प्रकाशित: १९ भाद्र २०७९ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App