२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

ग्लोबल आईएमई बैंकले अनलाइन मार्फत प्रतितपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ।

यो सेवाको सुरुवातसँगै ग्राहकले अनलाइनमार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्ने लगायत सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोगमार्फत आफ्नै कार्यालय वा घरबाटै गर्न सक्नेछन्।

यसले गर्दा ग्राहकहरू प्रतितपत्र (एलसी) वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमा धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन्। यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुबैको समय, स्रोत र साधन बचत हुने विश्वास लिइएको छ। यो प्रणाली २०७९ साल भदौ महिनाबाट लागू भएको हो।

यससम्बन्धी कुनै समस्या परेमा ग्राहकले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवर्द्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।  

बैंकले शुरु गरेका यस्ता सेवा ग्राहकहरूलाई लाभकारी हुने बैंकले बिश्वास लिएको छ। मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको यस बैंकले ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १५ भाद्र २०७९ १२:३९ बुधबार

ग्लोबल आईएमई बैंक