४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा तीन सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज  छापावाला सुन ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै घटेको छ। तेजाबी सुन ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित: ७ भाद्र २०७९ ०५:२१ मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ