४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७.४१ अंकले गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। सोमबार नेप्से परिसूचक ७.४१ अंक घटेर २०५३.१३ बिन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ। सोमबार कारोबारमा आएका २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता शेयर १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

सोमबार नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ। आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। सोमबार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक नकारात्मक देखिएको छ।

जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० प्रतिशत बढेको छ। तर यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०५ प्रतिशत, विकास बैंकको ०.६० प्रतिशत, जलविद्युतको ०.६८ प्रतिशत र निर्जीवन बीमाको ०.५७ प्रतिशतले घटेको छ।

नेप्सेमा गिरावट आएपनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, सामलिङ्ग पावरको शेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ। त्यस्तै दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.२४ प्रतिशत ले घटेको छ। श्वेतगंगा हाइड्रोपावरको शेयर मूल्य ४.१५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको ३.८९ प्रतिशत घटेको छ। हिमाल दोलखा हाइड्रोपावरले २८ करोड १८ लाख ७१ हजार रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ। 

प्रकाशित: ६ भाद्र २०७९ ११:११ सोमबार

नेप्से परिसूचक