१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको ग्राहक पहिचान सेवा

 ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ।

उक्त सेवा सुरु गरेसँगै यस बैंकमा नयाँ ग्राहकहरूले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गराएर खाता सुचारु गर्न सक्नेछन्। बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरूले खाता खोल्न र केवाईसी फारम भर्न बैंकमै धाइरहनु नपर्ने भएको छ।

साथै खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ। बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ। 

यस सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहकहरू, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाईसी सेवा मार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन्।

प्रकाशित: ३ भाद्र २०७९ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App