४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा ३ सय रुपैयाले घट्यो

नेपाली बजारमा आज  सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो।

आज छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।  मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँ घटेर प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।

प्रकाशित: १८ श्रावण २०७९ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App