१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘सरुवा' खोज्दै अर्थ सचिव मरासिनी

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारीसहित फेरि माओवादी नेता जनार्दन शर्मालाई पठाएसँगै असन्तुष्ट बनेका अर्थ सचिव मधु सरासिनी कार्यालय गएका छैनन्।  

२५ दिनपछि शर्मा फेरि सोही मन्त्रालय फकर्ने भएपछि आइतबार पोखरातिर लागेका अर्थ सचिव मरासिनीले अब फेरि सोही मन्त्रालय फर्कने पक्षमा नरहेको स्रोतको दाबी छ। मन्त्री शर्मासँगको दूरी बढ्दै गएपछि उनले अर्थमन्त्रालयबाट सरुवा चाहेको निकट एक कर्मचारीको दाबी छ।  

‘उहाँ (मरासिनी) अर्थबाट अन्य कार्यालयमा सरुवा हुन चाहेको देखियो,’ अर्थका एक सहसचिवले भने,‘ उहाँ एक साता विदामा हुनुहुन्छ।’ आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा मनत्रालय बाहिरका अनाधिकृत व्यक्तिको प्रभावमा परि करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मा माथि लागेको थियो।  

त्यससँगै सिसिटिभी फुटेज हटाइयो भन्ने आरोप लागेपछि उहाँ (मरासिनी)ले असजिलो महशुस गरेको दाबी गर्दै ती सहचिवले भने, ‘बजेट निर्माण र सीसीक्यामेराको फुटेजका विषयमा विवाद भएपछि उहाँ तनाबमा देखिनुहुन्थ्यो। त्यसैले पनि पुनः शर्मासँग काम गर्ने पक्षमा देखिनुहुन्न।’

मन्त्री शर्मा निकटहरु भने कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने अधिकार प्रधानमन्त्रीलाई मात्र भएको भन्दै कर्मचारीलाई मन्त्री रोज्ने अधिकार नभएको जिकिर गर्दै आएका छन्। सरकार र मन्त्रीले देश र जनताको हितमा काम गरेका छैनन् भने त्यसको सजाय दिने अधिकार जनतालाई मात्र भएको भन्दै शर्मा निकट एक कर्मचारीले भने, ‘जनताको करबाट उठेको पैसाबाट जागिर खाने अनि कर्मचारीले मन्त्री रोज्ने होइन मन्त्रीले कर्मचारी रोज्ने हो। मन्त्रीसँग चित्त बुझेन भने कि सरुवा भएर अर्को ठाउँमा जाने हो होइन भने राजीनामा गरेर घर जाने हो। घुर्किलगाएर मन्त्रालय नआउने अधिकार कसैलाई पनि छैन।’  

मरासिनीले अकस्मात विदा लिएर पोखरा गए पछि मन्त्री शर्माको पदभार ग्रहण कार्यक्रममा राजस्व सचिव कृष्णहरी पुस्कर सहभागी भए। मन्त्रीको स्वागत पुस्करले नै गरेका थिए। सामान्यता मन्त्रीको स्वागत अर्थ सचिवले गर्ने व्यवस्था छ। सपथ ग्रहण लगत्तै आइतबार साँझ करिब ६ वजे शर्मा अर्थ मन्त्रालय पुगेका थिए। शर्मालाई स्वागत गर्न अर्थ सचिव मरासिनी र सहसचिवहरू भने साँझसम्म मन्त्रालयमै बसेका थिए।  

यसअघि अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै शर्मा त्यहाँ आएलगतै उनैले मरासिनीलाई अर्थमा ल्याएका थिए। त्यो भन्दा पहिले मरासिनी महालेखा नियन्त्रक थिए। सहसचिव हुँदा पनि मरासिनी लामोसमयसम्म अर्थमै बसेका थिए। त्यसैले उनलाई अर्थकै क्याडर भनेर चिन्ने गरिएको छ। सहसचिवबाट सचिवमा बढुवा भए पछि उनको पहिलो पोष्टिङ मुख्यमन्त्री कार्यालय लुम्बिनीमा गरिएको थियो। त्यसको केही समय पछि उनी महालेखा नियन्त्रकको कार्यालय पुगेका थिए। स्याङ्जा घर भएका मरासिनी माओवादी केन्द्रसँग निकट मानिने गरेको मरासिनी निकट कर्मचारीहरू बताउने गरेका छन्।  

‘त्यसैले हुन सक्छ, मन्त्रीको पहिलो रोजाइ मरासिनीतीर देखिएको थियो’अर्थका एक कर्मचारी भन्छन। मरासिनीले अनिवार्य अवकाश पाउन अझै २ वर्ष भन्दा बढी बाँकी छ। मरासिनीले अकस्मात विदा लिएर पोखरा गए पछि मन्त्री शर्माको पदभार ग्रहण कार्यक्रममा राजस्व सचिव कृष्णहरी पुस्कर सहभागी भए। मन्त्रीको स्वागत पुस्करले नै गरेका थिए। सामान्यता मन्त्रीको स्वागत अर्थ सचिवले गर्ने व्यवस्था छ। सपथ ग्रहण लगत्तै आइतबार साँझ करिब ६ वजे शर्मा अर्थ मन्त्रालय पुगेका थिए। शर्मालाई स्वागत गर्न अर्थ सचिव मरासिनी र सहसचिवहरू भने साँझसम्म मन्त्रालयमै बसेका थिए। अर्थमा ९ जना सहसचिवको दरबन्दी छ।

प्रकाशित: १७ श्रावण २०७९ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App