६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

हिताचीको तीन नयाँ उत्पादन सार्वजनिक

हिताचीले बजारमा ३ नयाँ होम अप्लाइन्स सार्वजनिक गरेको छ। मिट एण्ड ग्रिट कार्यक्रममा कम्पनीको अधिकृत डिलर र हिताची तथा युनिभर्सल इलेक्ट्रोकमका प्रतिनिधिहरूले संयुक्त रूपमा फ्रिज, वासिङ मेसिन र भ्याकुम क्लिनर सार्वजनिक गरेका हुन्।

हिताचीका प्रबन्ध निर्देशक चेन टेक वेनले रमेश कर्पसँगको साझेदारीले हिताची होम अप्लायन्स नेपालका कुनाकुनामा विस्तार गर्दै उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेमा दृढ विश्वास रहेको बताए।

व्यापार विकास विभागका महाप्रबन्धक तरूण जैनले ग्राहकको सन्तुष्टिलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताउँदै बिक्री र बिक्रीपछि पनि राम्रो सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

यस्तै रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपालका सबै ग्राहकहरूका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

युनिभर्सल इलेक्ट्रोकम कम्पनी नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो। कम्पनीले निकट भविष्यमा हिताचीको माइक्रो ओभन पनि सार्वजनिक गर्ने घोषणा गरेको छ। 

प्रकाशित: १५ श्रावण २०७९ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App