४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिग होटललाई ‘चार तारा’को अनुमति

विराटनगरको बिग होटलको स्तर वृद्धि भएको छ। होटल सञ्चालन भएको ५ वर्षपछि स्तर वृद्धि हुँदै ‘४ तारा’को अनुमति पाएको हो।

होटलले स्तर वृद्धिको नयाँ अनुमति पाएसँगै ‘४ तारा’को शुभाराम्भ गरेको छ। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र होटलका अध्यक्ष वीरेन्द्र न्यौपानेले ‘४ तारा’ होटलेको उद्घाटन गरे। ४ तारे होटल भएसँगै ‘क्यासिनो’ सञ्चालनको अनुमति पाएको छ। केही दिनभित्रमा क्यासिनो समेत सञ्चालनमा आउने होटलले जनाएको छ।

होटलमा स्वीमिङ पुल, स्पा, हेल्थ क्लब रहेको छ। होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क रहेको होटल सञ्चालक भरत खत्रीले बताए। उनले सरकारले तोकेको मापदण्डा पूरा गरेपछि ‘४ तारा’को अनुमति पाएको हो। ६ तले होटलमा अन्तर्राष्ट्रिय स्तरका ५३ वटा कोठा रहेका छन्।

विराटनगरमा यसअघि होटल रत्नाले पनि ‘चार तारा’को अनुमति प्राप्त गरेको थियो।

प्रकाशित: ४ श्रावण २०७९ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App