५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ। शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंकले बढेको छ। शुक्रबार नेप्सेको २ घण्टामा भएको २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता शेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम घटेको छ। बिहीबार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन्। जसमा लघुवित्त उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ।

त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। तर बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन्। शुक्रबार  ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नेपाल इन्भेष्टमेण्ट बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकको ऋणपत्रको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

तर यता, ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्य ५.३१ प्रतिशत, माउण्टेन हाइड्रो र रिभर फल्स पावरको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। एभरेष्ट बैंकको करिब ७ करोडको शेयर कारोबार भएको छ।

प्रकाशित: ३१ असार २०७९ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App