१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आउनोस्, अरिङ्गाललाई टोकौ!

फाइल तस्बिर।

अरिङ्गालले मान्छेलाई खुबै टोकेको छ। यसको टोकाइबाट कतिपयको मृत्यु भएको खबर पनि सुनिएकै छ। तर म्याग्दीको बेनीमा भने अरिङ्गाललाई टोक्न थालिएको छ। अर्थात, यहाँ अरिङ्गालका परिकार बन्न थालेको छ।

सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेको छ। परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ। बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्गालको परिकार बनाएर बिक्री गर्दै आएकी छिन्।

सिर्जनालाई ग्राहकले ‘अरिङ्गालवाली’को नामले चिन्ने गरेका छन्। यसरी व्यापार गर्न थालेको पाँच वर्ष भएको भट्टचन बताउँछिन्। भट्टचनको अरिङ्गाल व्यापार बेनीमा मात्रै सीमित छैन। काठमाडौँ, पोखरालगायत ठाउँबाट समेत माग आउन थालेको उनी बताउँछिन्।

‘परिकार बनाइ प्याकिङ गरेर पठाउने गरेकी, उनले भनिन्, ‘ फ्राइ अरिङ्गाल प्रतिप्लेटको ५०० रुपैयाँ पर्छ।’ यही परिकारबाट हरके याममा चार लाखदेखि ६ लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन्। एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई ५०० रुपैयाँ तिर्नुपर्छ। जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिङ्गालको गोला खोज्न जुट्छन्।

मुख्यतथा असारदेखि असोजसम्म यस्तो क्रम बढी चल्छ। अरिङ्गालको गोला काटेर त्यसबाट लार्भा (किरा) निकालिन्छ। अरिङ्गालको लार्भा एक माना एक हजार ६०० देखि दुई हजार रुपैयाँसम्ममा खरिद गर्ने गरेको सिर्जना बताउँछिन्। ‘अहिले दैनिक १० देखि १५ प्लेटसम्म बिक्री गर्न सकिएको छ, उनले भनिन्, ‘साउनदेखि असोज अन्तिमसम्म दैनिक ५० प्लेटसम्म बिक्री हुन्छ।’  

प्रकाशित: ३१ असार २०७९ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App