५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आज नेप्से परिसूचक १४.७१ अंकले वृद्धि

पछिल्लो तीन दिनदेखि निरन्तर रुपमा नेप्से परिसूचकमा वृद्धि भएको छ। गत मंगलबारदेखि बढ्न थालेको नेप्से आज पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक १४.७१ अंक बढेर २००१.५३ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले बढेको छ। आज कारोबारमा आएका २२० कम्पनीको ६२ लाख १० हजार कित्ता शेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

हिजो (बुधबार)को तुलनामा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक बढेरका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी २.०४ प्रतिशत बढेको छ।

वित्त र लघुवित्तको शेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक शून्य प्रतिशत भन्दा माथिले बढेका छन्। बिहीबार एनआईबिएल प्रगति फण्डको इकाई मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, प्रभु सेलेक्ट र अपर तामाकोशीको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

तर यता ग्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ५.०१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा एनआईसी एशिया बैंकले ३० करोड १८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ। अपर तामाकोशीको यस दिन १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ३० असार २०७९ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App