४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्वारा आँखा अस्पताललाई बस हस्तान्तरण

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्वारा रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, वीरगञ्जलाई बस हस्तान्तरण गरेको छ। फाउण्डेशन सामाजिक सेवा गर्ने उद्देश्यले ५ वर्ष अगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना गरिएको हो। 

यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग र सेवा गर्दै आइरहेको जनाएको छ। विशुद्ध समाजिक सेवाभावले महावीरप्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्वारा स्थापित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल नारायणी अञ्चलकै जेठो आँखा अस्पताल हो। सन् १९७५ सालमा स्थापना भई हालसम्म सेवा दिँदै आएको यस आँखा अस्पतालले नेपालको मात्र नभई भारतका बिरामीहरूलाई सेवा दिँदै आएकोे फाउण्डेशनले जनाएको छ।

हस्तान्तरण गरिएको यो बसद्वारा असहाय, गरीब तथा सेवाबाट बञ्चित बिरामीहरूलाई यातायातको सहज सुविधा भई उनीहरूको दृष्टि प्रदान गर्न सहयोग हुने फाउण्डेशनले विश्वास लिएको छ।

प्रकाशित: २८ असार २०७९ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App