६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कामना बैंकको ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक

कामना बैंकले ग्राहकहरूलाई डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरेको छ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकहरूले बैंकको वेबसाईट वा मोबाइल एपमा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। ‘केएस डिजी वर्ल्ड’ मा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरो शेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्युआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरू उपलब्ध रहेको बैंकले जनाएको छ। 

प्रकाशित: २४ असार २०७९ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App