आइएमई इन्स्योरेन्स लिमिटेड, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
आइएमई इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्रीशरण रेग्मी, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापश्चात् आइएमई इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवामा छुट प्राप्त हुने भएको बैंकले जनाएको छ।
प्रकाशित: १७ असार २०७९ ०६:४७ शुक्रबार