७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले करसँगै पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो।

आज (शनिबार) पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो। निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो।

यस अनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ  घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

प्रकाशित: ११ असार २०७९ ०७:२२ शनिबार

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू सत्ता गठबन्धनको बैठक पेट्रोलियम पदार्थ