coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाली मुद्रा इतिहासकै कमजोर

डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएपछि नेपाली मुद्रा डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको हो। 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्री दर १ सय २५.१६ रुपैयाँ तोकेको छ। .जुन हालसम्मकै उच्च हो। कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ। 

रुस र युक्रेन विचको युद्धको असरका कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ। डलरको मूल्य बढिरहेकाले रेमिट्यान्स बढ्न सघाइरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि यसले फाइदा पुग्ने देखिन्छ तर नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले आयात तर्फ महँगी बढ्ने अनुमान गरिएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७९ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App