९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।

कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीनराज पौडेले र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले सो संस्थाबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट कार्ड वा एटिएम प्रयोग गरी कुनै पनि भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।  

प्रकाशित: २७ जेष्ठ २०७९ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App