१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

ज्योति बैंकको जहरसिंपौवामा विस्तारित काउन्टर

ज्योति विकास बैंकले साँखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकले सञ्जाल थप सुदृढ गर्ने क्रममा काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको बताएको छ।

बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरूको निम्ति शून्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक व्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको बैंकले जनाएको छ।

हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App