१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

आज नेप्से २१ सय विन्दुभन्दा तल झर्‍यो

आज शेयर बजार ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ। दुई सय २६ वटा कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ।

यस्तै सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो। आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै नौ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ। 

प्रकाशित: २० जेष्ठ २०७९ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App