४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनसिसी बैङ्क र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार बैङ्कका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट हुनेछ। सम्झौतामा बैङ्कका नायव महा–प्रबन्धक मुकुन्द सुवेदी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरूण फुयाँलले हस्ताक्षर गरेका छन्। नयाँ वर्षको उपलक्ष्यमा दराजबाट समान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशतसम्म छुट हुने जारी विज्ञप्तिमा उल्लेख छ। हाल बैङ्कले एक सय ३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र एक सय १४ एटिएम मार्फत बैकिङ सेवा दिदै आएको छ।

प्रकाशित: २७ चैत्र २०७८ ०५:२४ आइतबार

डेबिट कार्ड नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड दराज अनलाइन सपिङ