नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाइको अत्याधुनिक विद्युतीय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ। सो अवसरमा डेडिकेटेड सोरुम, दिगो सञ्चालन र विद्युतीय गाडीको पूर्जाहरूको बारेमा जानकारी गराइएको कम्पनीले जनाएको छ।
उक्त अवसरमा सहभागीहरूलाई सोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाई तालिम केन्द्रमा लगेर विभिन्न प्रस्तुति मार्फत् हुण्डाई विद्युतीय गाडीको पूर्वाधार र सञ्चालन सम्बन्धी विभिन्न जानकारी गराइएको जारी विज्ञप्तिमा उल्लेख छ। यस कार्यक्रमको मुख्य उद्देश्य हुण्डाई विद्युतीय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताहरूका माझ हुण्डाई नेपालले सस्टेनेबल मोविलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरू र पहलबारे जागरुकता सिर्जना गर्नु हो।
यसबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटी बढाउन मदत गर्ने कम्पनीको विश्वास छ। हाल ४० चार्जिङ स्टेसनहरू रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ।
प्रकाशित: २७ चैत्र २०७८ ०५:०७ आइतबार