२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स र पार्क सफारीबीच साझेदारी

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र चितवनस्थित पार्क सफारी रिसोर्ट प्रालि बीच सिटिजन्स बैङ्कका कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारी भएको छ।

यस समझदारी अनुसार पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन्। बैङ्कले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ।

यस्तै मोबाइल बैकिङ मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्ट पेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैङ्कले गराएको छ।

हाल बैङ्कले वैशाख ७ गतेसम्म लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासव्याक, लगायतका योजना जारी राखेको छ। सो योजनाअन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाइन मार्फत एक हजार वा बढीको कारोबार गर्दा एकमुष्ठ दुई सय रूपैयाँ क्यासव्याक दिइने छ।

साथै पाँच लाख रूपैयाँसम्मको दुर्घटना मृत्यु बिमा तथा ५० हजार रूपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूको लागि निःशुल्क डेविट कार्ड, मोबाइल/इन्टरनेट बैङ्किङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैङ्कको एटिएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था रहेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ चैत्र २०७८ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App