४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक्स ३ मोटो फेस्ट आयोजना हुँदै

ह्वाइटह्याट इभेन्ट्स एण्ड फोटोग्राफी काठमाडौंले सम्पूर्ण नेपाली मोटरसाइकल पारखीहरूको लागि मोटरसाइकल लाइफस्टाइल इभेन्टहरू आयोजना गर्ने भएको छ।

छायाँ सेन्टर, ठमेलमा वैशाख २२ गतेदेखि वैशाख २५ गतेसम्म आयोजना हुने यस एक्स ३ मोटो फेस्टमा नेपालका विभिन्न प्रतिष्ठित टु ह्विलर ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शनमा राख्नेछन्। असाधारण, रोमाञ्चक, अनुभव जस्ता शब्दहरूले वर्णन गर्न सकिने यस इभेन्टमा रहेका विभिन्न ब्राण्डका स्टलहरूबाट पारखीहरूले आफूलाई मनपर्ने मोटरसाइकल खरिद वा बुकिङ गर्न सक्नेछन्।

यसका साथै उक्त इभेन्टमा चर्चित नेपाली कलाकार सविन राई एन्ड द फारो, मुक्ति एन्ड रिभाइभल तथा अन्य कलाकारको कन्सर्ट समेत आयोजना हुनेछ। एक्स३ मोटो फेस्टमा मोटरसाइकल सहित एक्सेसरिज, खाना र पेय पदार्थहरूको स्टलहरू पनि हुनेछन्। ह्वाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीद्वारा पहिलो पटक आयोजना गर्न लागिएको यस इभेन्टलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने सोच बनाएको छ। यस इभेन्टमा सहभागी हुन इच्छुक सबैका लागि चाँडै नै विभिन्न प्लेटफर्महरू मार्फत टिकट उपलब्ध गराइने जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १७ चैत्र २०७८ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App