४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जगदम्बाको उत्पादन ६ वटा देशमा निर्यात

जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ।

जगदम्बाका उत्पादनहरूको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएपछि आफ्ना उत्पादनहरू, जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमार लगायतका देशमा निर्यात गर्न थालेको कम्पनीले जनाएको छ।

जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै सीआर सिट एण्ड कोइल्सहरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो। जगदम्बा ग्याल्भा प्लस प्रिमियम एल्युमिनियक–जिंक कोटेड शट हो जसलाई ग्याल्भल्युम पनि भनिन्छ।

यसमा तौलको हिसावले ५५ प्रतिशत एल्युमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित रहेको कम्पनीले जनाएको छ। जगदम्बा ग्लाल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम रहेको जनाउँदै कम्पनीले समान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ हुने दाबी गरेको छ।

जगदम्बा ग्लाल्भा प्लसको प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता हो। ग्लाल्भा प्लस एन्टी कोरोजन प्रविधि सहित निर्माण गरिएको हुँदा यसले पाताको प्रारम्भिक क्षति रोक्ने कम्पनीले जनाएको छ। एल्मुनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि हुने कम्पनीले जनाएको छ।

त्यस्तै, जगदम्बा सुपर साइन प्रिमियम रङद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रङ प्रदान गर्ने कम्पनीले जनाएको छ। उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट जोगाउने समेत कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ चैत्र २०७८ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App