२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

बिहीबार हवाई उडान प्रभावित

प्रतिकूल मौसम र सञ्चार उपकरणमा आएको प्राविधक समस्याका कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाईसेवा प्रभावित हुन पुग्यो।

बिहीबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा पानी लिकेज भएपछि उत्पन्न समस्याका बीच प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित बन्न पुगेको हो।

विमानस्थलको राडार रहेको भवनमा पानी लिकेज भएर सञ्चार उपकरणमा समस्या देखिएपछि नेपाल नागरिक उड्डयन प्राविधरणले नोटाम नै जारी गरेको थियो। सञ्चार उपकरणमै समस्या आएपछि करिब एक घण्टा उडान प्रभावित भएको थियो।

प्रकाशित: ११ चैत्र २०७८ ०३:४२ शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल