ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन्।
बैंकले आफ्ना मुद्दती निक्षेपकर्तालाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो। यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताले ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस वा वेब पेज मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।
सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ। यसमा कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बताइएको छ। यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रूपैयाँसम्म ऋण लिन सकिनेछ।
प्रकाशित: ७ चैत्र २०७८ ०३:३१ सोमबार