५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृंखला सुरु

नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच भएको सम्झौता अनुसार कृषिको समावेशी रूपान्तरणका लागि मुल्य शृंखला परियोजना सञ्चालन गरिएको छ।

सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रूपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बन्ड जारी गरि स्रोत संकलनमार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग गर्दै आएको आएको कृषि विकास बैंकलाई सरकारमार्फत उक्त कोषबाट करिब ८० मिलियन अमेरीकी डलर वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ।

यो परियोजना पाँचवटा प्रदेशको विभिन्न जिल्लामा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रवर्द्धनयोग्य र केही कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरतातर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रूपमा तोकिएको छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०१:१८ शुक्रबार

अर्थ मन्त्रालय कृषिको समावेशी रूपान्तरण अगुवा बैंक