३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ओरा गुड क्याटको रोड टेस्ट

ग्रेट वाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गर्न तयार भएको छ।

ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भूभाग र सडकको अवस्थामा सराहनीय प्रदर्शन गरेको दाबी कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ओरालो, उकालो, कालोपत्रे, ग्राभेल भरिएको अप्ठेरो बाटो सबैतर्फ यो गाडीले उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले जनाएको छ।

ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठेरो भूभागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको र लामो ड्राइभिङ अनुभवपछि विश्वसनीयता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको पनि विज्ञप्तिमा उल्लेख छ। फेसनेबल उपस्थितिको कारण बाटोमा जोसुकैलाई पनि यस गाडीप्रति जिज्ञासु बनाएको बताएको छ।

प्रकाशित: २४ माघ २०७८ ०१:४३ सोमबार

ओरा गुड क्याट रोड टेस्ट