१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन बोर्डका सिइओलाई स्पष्टीकरण दिन निर्देशन

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीलाई सात दिनभित्र स्पष्टीकरण सोधिने भएको छ। पदको दुरूपयोग गर्दै आर्थिक अनियमितता गरेको छानबिन समितिले ठहर गरेपछि सिइओ रेग्मीलाई प्रतिवेदनउपर सात दिनभित्र बोर्डलाई स्पष्टीकरण दिन निर्देशन दिइएको हो।  

पुस २ गते बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिले सिइओ रेग्मीले निर्माण तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनविपरीत आर्थिक हानि–नोक्सानी पुर्‍याएको ठहर गरेको छ।

समितिका संयोजक रहेका चन्द्र रिजालका अनुसार बोर्डको नियमअनुसार सिइओ रेग्मीले बोर्डलाई दिने जबाफका आधारमा कारबाही अगाडि बढ्नेछ। त्यसका लागि रेग्मीलाई एक हप्ताको समय दिइएको उनले बताए। 

मंगलबार पर्यटन बोर्डका अध्यक्षसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेसमक्ष बुझाएको प्रतिवेदनअनुसार सिइओ रेग्मीले डब्लुटिएममा बढी पर्यटन व्यवसायी संलग्न गराएर बोर्डलाई आर्थिक हानि पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलस्थित भन्सारका कर्मचारीमाथि हातपात गरेको, सिइओ रेग्मीमाथि लागेको सुनकाण्ड, बोर्डको नियमविपरीत कर्मचारी सरुवा गरेको, डब्लुटिएममा सहभागी आफूखुसी निर्णय गरेको र तीन करोड ७२ लाख रूपैयाँ जियोग्राफिकल इन्फर्मेसन सिस्टम (जिआइएस) परियोजना कार्यान्वयन गर्दा आर्थिक अनियमितता गरेको ठहर गरेको छ। बोर्डलाई थप व्ययभार पार्ने काम गर्दैै रेग्मीले निर्णयभन्दा बाहिर गएर खर्च गरेको देखिएको तथा सुन चोरी पैठारीसम्बन्धी मुद्दामा समेत रेग्मी संलग्न भएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १९ माघ २०७८ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App