२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्धार्थका ग्राहकलाई रिसोर्टमा छुट

सिद्धार्थ बैंकका ग्राहकले चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टको सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र रिसोर्टबीचको छुट दिनेसम्बन्धी सम्झौतामा बैंकका बाग्मती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेको बैंकले जनाएको छ।  

सम्झौता अनुसार उक्त बैंकका ग्राहकले सो रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, वा इन्टरनेट बैैंकिङबाट भुक्तानी गर्दा होटल बसाइ सेवामा १५ प्रतिशतसम्म र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन्। 

प्रकाशित: ५ माघ २०७८ ०२:१६ बुधबार

सिद्धार्थ बैंक