५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको छः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएका छन्। सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुर्याउनका लागि सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताएकी हुन्।

सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उनले बताइन्। निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताइन्।

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लगेको बताइन्। देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उनको जोड छ। देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पुर्याउनुपर्ने उनले बताइन्।

प्रकाशित: २६ पुस २०७८ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App