१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

छिमेक लघुवित्तको सभा सम्पन्न

 छिमेक लघुवित्त वित्तीय संस्थाको २०औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वित्तीय संस्थाका अध्यक्ष ऋषिराज जोशीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ।

६८ जिल्लाका एक सय ९२ शाखा मार्फत लघुवित्त सेवा दिइरहेको यो संस्थाले आव २०७७/७८ मा १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार ७ सय ७५ रूपैयाँ खुद मुनाफा आर्जन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

सेयरधनीलाई आव २०७७/७८ को मुनाफाबाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस सेयर गरी ३० प्रतिशत प्रतिफल दिने प्रस्ताव साधारण सभाले पारित गरेको जनाइएको छ।

सोही सभामार्फत सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालका लागि ऋषिराज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित: २५ पुस २०७८ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App