१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

ज्योति बैंकको सभा सम्पन्न

ज्योति विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले बैंकको आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंक सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। योसँगै बैंकको चुक्तापुँजी ४.२६ अर्ब पुगेको छ।

सभाले आव २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ। साथै, बैंकले तम्घास, मुर्गिया र टाँडीमा शाखा कार्यालय पनि सुरु गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ पुस २०७८ ००:५५ आइतबार

ज्योति विकास बैंक १४औं वार्षिक साधारणसभा सम्पन्न लेखापरीक्षकको प्रतिवेदन