२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनसेल र राकुटेन भाइबरको साझेदारी

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न सम्झौता गरेका छन्।

यसअन्तर्गत हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याक खरिदमा अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउँछन्।

यी प्याकका साथ भाइबर म्यासेजिङका लागि पाइने डाटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’को रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

त्यसैगरी एनसेल ग्राहकले भाइबरको स्टिकरमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विशेष गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ मंसिर २०७८ ००:३२ बुधबार

एनसेल र राकुटेन भाइबरको साझेदारी भाइबर म्यासेजिङ एनसेल ग्राहक