५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युतीय प्रसारण लाइनमा अमेरिकी प्रविधि

के एन्ड ए इन्जिनियरिङ कन्सल्टिङ पिसीले विद्युत् प्रसारण लाइन, वितरण, सब–स्टेसन, पावर जेनेरेसनलगायत क्षेत्रमा अमेरिकी प्रविधि तथा अनुभव भित्र्याएको छ। कम्पनीले संयुक्त राज्य अमेरिकामा प्रसारण लाइनमा भएको नयाँ प्रविधि र ज्ञान नेपाल भित्र्याउँदै आएको जनाएको छ।  

के एन्ड के इन्जिनियरिङ कन्सल्टिङ पिसीका अध्यक्ष तथा सिइओ पूर्ण खरेलले अमेरिकामा ऊर्जा क्षेत्रमा गरेका नवीनतम अनुभव, प्रविधि तथा ज्ञानसिप नेपालमा भित्र्याएको दाबी गरेका हुन्। ‘हाम्रो कम्पनीले लामो समयदेखि अमेरिकामा विद्युत् प्रसारण लाइन,वितरण लाइन, सब–स्टेसन,पावर जेनेरेसनलगायत विदेशी अनुभव तथा ज्ञान भित्र्याएको छ,’ उनले भने, ‘कम्पनीले अमेरिकी दक्ष इन्जिनियरबाट नेपालमा रहेका इन्जिनियरलाई तालिम तथा अभिमुखीकरण तालिम दिलाइरहेका छौं।’ कम्पनीले अमेरिकाका पाँचवटा राज्य,क्यानडा र नेपाललगायतमा आफ्नो कार्यालय विस्तार गरिसकेको छ। सिइओ खरेलले अमेरिकाको चर्चित इंक म्यागेजिनले आफ्नो कम्पनीलाई अमेरिकाका ५ हजार कम्पनीमध्ये १२६औं सूची राखेको दाबी गरे।

कम्पनीले अहिले नेपालका ५० जना इन्जिनियरलाई अनलाइनमार्फत आउट सोसिङको काम पनि लगाउँदै आइरहेको छ।‘कम्पनीले इलोक्ट्रोनिक्स इन्जिनियर र सिभिल इन्जिनियर अध्ययन गरेका ५० जनालाई अनलाइनमार्फत प्रसारण लाइनलगायत क्षेत्रमा आउट सोसिङको काम गराउँदै आइरहेको छ,’ उनले भने, ‘एकातर्फ नेपाली इन्जिनियरले अमेरिकी ज्ञान तथा सिप सिकिरहेका छन्।

अर्काेतर्फ मनग्गे आम्दानी पनि गरिरहेका छन्।’ कम्पनीमा कार्यरत इन्जिनियरले स्वदेशमै प्रसारण लाइन, वितरण लाइन, सब–स्टेसन, पावर जेनेरेसनलगायत डिजाइन तथा निर्माणको काम गर्न सक्षम भइसकेको उनले बताए।

सिइओ खरेलले कम्पनी नेपालमा निर्माण हुने प्रसारण लाइन,वितरण, सब–स्टेसन, पावर जेनेरेसनलगायत विस्तृत परियोजना प्रतिवेदन डिपिआरलगायत काम थाल्ने योजनामा रहेको बताए। ‘अहिलेसम्म नेपालमा अधिकांश जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणमा परामर्शदाताको रूपमा विदेशी कम्पनी मात्रै रहेका छन्,’ उनले भने, ‘कम्पनीले अब नेपालबाटै अन्तर्राष्ट्रिय स्तरको परामर्श दिनसक्ने अवस्थामा आइपुगेका छौं।’

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्य गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार कोभिडको समयमा एआइपिएस संस्थासँग सहकार्य गरेर छाडा चौपाया तथा भोका नागरिकलाई खाद्यान्न वितरण गरेको थियो। कम्पनीले कोभिड १९ नियन्त्रणका लागि सुर्खेतका दुई वटा स्वास्थ्य केन्द्रलाई दुईवटा अक्सिजन कन्ट्रेस्टरसमेत वितरण गरेको थियो।

प्रकाशित: ४ मंसिर २०७८ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App