७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

अँध्यारोपछि उज्यालो पक्कै आउँछः सृजना राणा

कोरोनाको महामारीकै बीचमा सरकारले अर्थतन्त्रलाई समेत बिर्सनु नहुने होटल एसोसिएसन नेपाल (हान) की अध्यक्ष सृजना राणा बताउँछिन्। पर्यटन व्यवसायीहरुको बाच्ने आधार पर्यटक भएकाले व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र खोप लगाएका पर्यटकलाई अन अराइभल भिसाको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

‘मानवीय जीवनजत्तिकै  लाखौको जीवन आधार रहेको पर्यटन उद्योगलाई पनि भुल्नु हुँदैन,’ राणाले भनिन्, ‘निराशामा पुगेका व्यवसायीलाई हौसला बढाउनु पनि राज्यको दायित्व रहन्छ।’  

राज्यले कोरोनाकालमा पर्यटन क्षेत्रको लागि केही गरेपनि त्यो कार्यान्वयनको तहमा प्रभावकारी नभएको उनको भनाइ छ। ‘सरकारले केही नगरेको होइन, ‘तर कार्यान्वयनको तहमा कमजोरी देखियो’, उनले भनिन्।  

हजारौ होटलहरु बन्द हुँदा लाखौमा रोजगारीको सख्ंया गुमेको बताउँदै व्यवसायी र श्रमिकको हितमा सरकारले सोच्नु पर्ने उनको बुझाइ छ।  

सरकारी निकायबाट आउने सूचना र व्यवसायीबीच निकै ग्याप रहेको बताउँदै दूरी कम गर्न संयन्त्र निर्माण हुनु पर्ने उनको बताइन्।  

कोरोना कहर जतिसुकै अँध्यारो भएपनि उज्यालो दिन आउनेमा आशाबादी रहेकी राणा सुनाउँछिन्, ‘अँध्यारो पनि उज्यालो पक्कै आउँछ, सवैले धैर्यताका साथ अगाडि बढ्नु जरुरी छ।’  

कोभिड १९पछिको समयमा ग्रामिण पर्यटनतर्फ पनि विशेष ध्यान दिनुपर्ने उनको बुझाइ छ।

प्रकाशित: १७ आश्विन २०७८ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App