२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कृषि अनुदान धनाढ्यको पोल्टामा पर्नु भ्रष्टाचारकै उदाहरण : प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औं वार्षिक साधारणसभाको उद्घाटन गरेका छन्।  सो क्रममा उनले प्रदेश सरकारले प्रदान गरेको कृषि अनुदान धनाढ्यलाई जानाजानी बाँढेको आरोप लगाए। उनले वास्तविक किसानलाई अनुदान प्रदान गरेको भए देश विकास हुने बताए। 

जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको निम्ति सहकारी संघ संस्थाले खेलेको अनुकरणीय भूमिकाको सदैव देश र जनताले स्मरण गर्ने बताउँदै उनले सहकारी संस्थामार्फत वाचनालय, पुस्तकालय, क्लब सञ्चालन गर्न जोड दिनुपर्ने बताए।

कार्यक्रममा वडाध्यक्ष महेन्द्र खायमलीले स्थानीय नयाँ पुस्ताका युवा–विद्यार्थीहरु विस्तारै दुर्व्यसनमा फस्दै जानु चिन्ताजनक भएको बताए। उनले भक्तपुरमा आपराधिक गतिविधि बढ्दै गएकोमा सतर्क रहन अनुरोध गरे।  भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका काजीबहादुर पञ्चले हाल प्रदेश सरकारले बहुमुखी सहकारी संस्थालाई जथाभावी सञ्चालन गर्न अनुमती दिइरहेको बताए।  

संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार नातिभाइ ह्योम्बा, स्थानीय समाजसेवी कृष्णप्रसाद कोजु, जितेन्द्र खायमली, सत्यनारायण सुवाललगायतले बोलेका थिए।

प्रकाशित: १६ आश्विन २०७८ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App