४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  तीन सयले घटेको छ। छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला  ८९ हजार तोकिएको छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला  ८८ हजार ५५० कायम गरिएको छ। तेजाबी सुन सोमबार प्रतितोला ८८ हजार ८५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला  पाँचले घटेको छ। सोमबार प्रतितोला  एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला  एक हजार १५५ तोकिएको छ।  

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: १२ आश्विन २०७८ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App