१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ बजारमा

डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ बजारमा आएको छ। एक कार्यक्रमका बीच सो पुस्तक लोकार्पण गरिएको हो। सो पुस्तकमा नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानुनलाई समाज र आर्थिक विकासमा जोडेर विश्लेषण गरिएको छ।  पुस्तकका लेखकमध्ये डा. शर्मा संविधानविद्समेत हु् भने ओली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन्।

पुस्तक लोकार्पण समारोहमा अतिथिहरुले नेपाली समाजमा सो पुस्तकको महत्वबारे बोलेका थिए। समारोहमा पुस्तकका लेखक डा.शर्माले अहिले चौतर्फी बहस, राजनीतिक, सामाजिक, आर्थिकलगायतका पक्षमा बौद्धिक सम्पत्तिको विषय नै भएकाले सो पुस्तक लेखन र लोकार्पण सहि समयमा गरिएको प्रष्ट पारे। पछिल्लो समय चर्चामा रहेको एमसीसीलाई लिएर पनि बौद्धिक सम्पत्तिको बहस छेडिएकाले सो पुस्तकले बौद्धिक सम्पत्तिको विषयलाई बुझ्न सजिलो बनाउने दाबीसमेत गरे।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पहिलेदेखि नै निजि क्षेत्रले बौद्धिक सम्पत्तिको विषय उठाउँदै आएकाले सो पुस्तकले निजि क्षेत्रले उठाएको विषयलाई थप बल पुर्याउन सहयोग पुग्ने बताए।

कार्यकममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले सो पुस्तकमा पेटेन्ट, कपिराइट, ट्रेडमार्क, डिजाइन, समाज र आर्थिक विकासको परिवर्तन गर्न सक्नेबारेमा विस्तृत रुपमा आएकाले यो पुस्तक धेरै नै उपयोगी रहेको बताए।

कार्यक्रममा उद्योग विभागका महानिर्देशक  जीवलाल भुसाल, न्यायाधीश अनिल कुमार सिन्हा, बौद्धिक सम्पत्ति संरक्षण समाजका उपाध्यक्ष मधुसुदन पौडेल, उद्योग मन्त्रालयका पूर्व सचिव भरतबहादुर थापा लगायतले पुस्तकबारे धारणा राखेका थिए।

प्रकाशित: २९ भाद्र २०७८ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App