२८ वैशाख २०८३ सोमबार
image/svg+xml
अर्थ

रेल्वे कम्पनीका कर्मचारी हटाइए

नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ।  

कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भनेका छन्।  

कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ। 

तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको छ। कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २१ भाद्र २०७८ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App