३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

रोकिएका नेपाली कामदारलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग

राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदारहरु दुई देशबीचमा भएका समस्याहरुका कारण कोरिया जान नपाएको भन्दै उनीहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन्।  

‘कोरिया जानका लागि तयार भएर बसेको ठूलो जनसमुदाय अहिले पनि यत्तिकै बसिराखेको छ। उहाँहरुले जानका लागि सबै प्रक्रियाहरु पूरा गर्नुभयो तर यताबाट पठाउने र उताबाट रिशिभ गर्ने दुईदेशको बीचमा केही समस्याहरु भएको कारणले उहाँहरु अड्किराख्नुभएको छ', उनले भनिन्, 'उहाँहरुको व्यवस्था गरियोस् भन्ने पनि म माग गर्न चाहान्छु।’

उनले वैदेशिक रोजगारीमा जान लागेकाहरु क्युआर कोडको लागि, भ्याक्सिन र प्रमाणित कार्डको लागि विभिन्न ठाउँमा लाइन बसि राख्नुपर्ने भएकाले लाइन बसिराख्नु नपर्ने खालको व्यवस्था गर्नको लागि पनि सरकारसँग अनुरोध गरिन्।

प्रकाशित: २२ श्रावण २०७८ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App