२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबि बैंकको नयाँ बचत योजना

एनएमबि बैंकले सबै उमेरको लगानीकर्तालाई लक्ष्य गरीे शून्य मौज्दातमै विशेष सुविधायुक्त एनएमबि इन्भेस्टर सेभिङस अघि सारेको छ। यस बचत योजनाअन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै पाँच वर्षका लागि निःशुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्बा, ओम्नी च्यानल र कनेक्ट आइपिएसमार्फत निःशुल्क अन्तरबैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा दिने जानकारी गराएको छ।  

अचेल बैंकहरू कर्जा सापटीमा केन्द्रित देखिए तापनि एनएमबिले भने सर्वसाधारणलाई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक ब्याजको योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो बैंक विगत चार वर्षमा तीनपटक द बैंक अफ द इयरबाट सम्मानित भएको छ।  

प्रकाशित: १८ श्रावण २०७८ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App