धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ४ ले दलित समुदायका ३ जना दलित कृषकलाई नगदसहित सम्मान गरिएको छ।
वडा नं ४ ले एक कार्यक्रम आयोजना गरी गत आर्थिक वर्ष २०७७।०७८ मा उत्कृष्ट आलु उत्पादन गर्न सफल ३ जना युवाहरुलाई जनही नगद २० हजार र १५/१५ हजारसहित सम्मान गरिएको हो।
सम्मानित हुनेहरुमा दुर्गाबहादुर विक, अनिल विश्वकर्मा र हर्क विश्वकर्मा रहेका छन्। उनीहरुलाई वडा अध्यक्ष भुपेन्द्र राईले सम्मान गरेका थिए।
प्रकाशित: १७ श्रावण २०७८ १२:२७ आइतबार