१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

गल्छी–त्रिशूली सडक खण्डमा एकतर्फी सवारी सञ्चालन

गल्छी–त्रिशूली सडक खण्डस्थित मैथली तालिम केन्द्र नजिकै भासिएको पुलमा ह्युमपाइप राखिएपछि एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै। तस्बिरः नारायणदत्त भण्डारी/नागरिक

गल्छी–त्रिशूली सडक खण्डमा बिहीबार साँझबाट एकतर्फी रूपमा सवारी सञ्चालन सुरु भएको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सडकमा ह्युमपाइप राखेर एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको हो।  

उनका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब ३ दिन लाग्ने छ। बिहीबार १ मिटर २० सेन्टिमिटरको ह्युमपाइप राखेर पानीलाई त्यहाँबाट बगाइएको छ भने त्यसमाथि माटो तथा ढुंगा हालेर अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ। ‘अहिले अस्थायी रूपमा भएपनि एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘त्यहाँ ग्याबिन लगाएर वाल उठाउन पर्ने भएकाले बढी समय लाग्ने देखिएको हो।’

बुधबार राति ९ बजेतिर नुवाकोटको मैथली तालिम केन्द्रको बिदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति भएपछि सवारी साधन सञ्चालन रोकिएको थियो। पुलको जगमा क्षति पुगेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। पुलमा क्षति पुगेपछि नुवाकोटको बट्टारबाट सदरमुकाम बिदुर आउने, रसुवा आउने तथा अन्य पालिकामा जाने सवारी साधन बिहान देखिनै रोकिएका थिए।

प्रकाशित: १४ श्रावण २०७८ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App